January 30th, 2017

२५ करोडको ट्रेजरी बिल विक्री

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको छ । ९१ दिने ट्रेजरी बिलका लागि सोमबार अर्थात माघ १७ गते बोलकबोल भएको हो । माघ १८ गते राष्ट्र बैंकले ट्रेजरी बिल निष्काशन गर्नेछ, जुन आगामी बैशाख १९ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि माघ १० गते पनि ५० करोडको ट्रेजरी बिल विक्री गर्नका लागि बोलकबोल आह्वान गरेको थियो । जसमा तीन अर्ब १८ करोड रुपैयाँको बोल परेको थियो । ९१ दिने अवधिको सो ट्रेजरी बिल आगामी वैशाख १२ गते परिपक्व हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]