
बैंकिङ खबर/ आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो अर्धमासिक अवधिका लागि सञ्चालन गरेको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेताको नाम आज सार्वजनिक गर्ने भएको छ । विभागले नियमिततर्फ १५ जना र बम्परतर्फ एक जना गरी कुल १६ विजेता छनोट गर्ने जनाएको छ ।
विभागका अनुसार कात्तिक १ देखि १५ गतेसम्मको कारोबार तथा कर सहभागितालाई आधार बनाएर विजेता घोषणा गर्न लागिएको हो । विजेता सार्वजनिक गर्ने कार्यक्रम सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजना हुनेछ ।
यसपटकको पुरस्कार घोषणा कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी चर्चित क्रिकेट खेलाडीसमेत उपस्थित हुने बताइएको छ । कर प्रणालीमा सर्वसाधारणको सहभागिता बढाउने र कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभागले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।