Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

नेप्सेको प्राविधिक समस्या समाधान : सेयर कारोबार नियमित

२०८३ आश्विन ६ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको प्राविधिक समस्या समाधान भएपछि मंगलबारदेखि सेयर कारोबार नियमित रूपमा सञ्चालन हुने भएको छ । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीको डेटा सेन्टरका रूपमा प्रयोग हुँदै आएको ‘डेटा हब’मा प्राविधिक समस्या देखिएपछि सोमबार सेयर कारोबार प्रभावित भएको थियो । प्रणालीमा आएको अवरोधका कारण सोमबारको नियमित कारोबार स्थगित गरिएको थियो ।

डेटा हबमा देखिएको समस्या समाधान भइसकेकाले मंगलबारदेखि बजार पूर्ववत् रूपमा सञ्चालनमा आउने नेप्सेले जनाएको छ । समस्या समाधान नगरी कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम रहेकाले सोमबार कारोबार रोकिएको थियो । ब्रोकर कम्पनीहरूको सर्भर रहेको डेटा सेन्टरमा आएको प्राविधिक गडबडी तत्काल समाधान नभएपछि स्टक ब्रोकर एसोसिएसनको आग्रह तथा प्रणालीगत जोखिमलाई समेत ध्यानमा राख्दै नेप्सेले सोमबारको कारोबार स्थगित गरेको थियो ।