
बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शून्यमा पुर्याउन कानुनको मात्र भर पर्नु हुँदैन, मानिसको आचरण, चरित्र र गुणस्तर सुधार्नुपर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित ‘डिजिटल फ्रेमवर्क, २०८५’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार शून्यमा पुर्याउन सकिन्छ, तर यो केवल कानूनको कार्यान्वयनबाट मात्रै सम्भव हुँदैन। मानिसको आचरण, चरित्र र गुणस्तर वृद्धि गर्न आवश्यक छ। यसको लागि शिक्षामा सुधार गर्दै गुणस्तरपूर्ण शिक्षा दिनु जरुरी छ।”
उनले सामाजिक प्लेटफर्महरूमा राम्रो मार्ग अपनाउन र प्रविधिको सदुपयोग गर्न पनि जोड दिए। साथै, मानव मस्तिष्कभन्दा ठूलो कुरा सिर्जनाले अहिलेसम्म उत्पादन गर्न नसकेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ताबाट नडराउन सर्वसाधारणलाई आग्रह गरे। प्रधानमन्त्री ओलीका अनुसार, प्रविधि र मानव क्षमताको सन्तुलित प्रयोगले देशको विकासमा योगदान पुग्नेछ।



