Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बजेट कार्यान्वयनका लागि अर्थमन्त्रालयको ९५ बुँदे निर्देशन

२०८२ श्रावण १ गते

बैंकिङ खबर/अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न ९५ बुँदे निर्देशन जारी गरेको छ। ‘बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन’ शीर्षक दिइएको निर्देशनमा बजेट खर्चदेखि वित्तीय पारदर्शिता र जवाफदेहितासम्मका विविध पक्ष समेटिएका छन्।

निर्देशनमा अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, कार्यक्रम/आयोजना हस्तान्तरण र कार्यान्वयन, रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, अनुगमन र अन्य व्यवस्थाका उपशीर्षक दिइएको छ।

अर्थमन्त्रालयले सार्वजनिक प्रशासनमा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी खर्चलाई प्राथमिकता दिँदै बजेट कार्यान्वयन प्रक्रिया स्पष्ट र संयोजित बनाउन यो निर्देशन जारी गरेको जनाएको छ। निर्देशनले सबै मन्त्रालय, विभाग, कार्यालय र निकायहरूलाई बजेट कार्यान्वयनमा सहजीकरण गर्ने लक्ष्य राखेको छ।