Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

‘काम गर्ने मान्छे सबै विदेश जाने, अनि देश बनेन भनेर गाली गर्ने ?’

२०८२ असार २९ गते

बैंकिङ खबर/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त भएका अधिकार र उपलब्धिहरूको रक्षा गर्नु वर्तमान नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताएका छन्।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को २६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले २००७ को परिवर्तनपछि जनताले केही अधिकार पाएका भए पनि पुनःराजाले ती अधिकार खोसेको बताए।

पोखरेलले लोकतान्त्रिक राज्य जेठो बलियो हुन्छ, त्यति नै मानव अधिकार सुनिश्चित हुने धारणा राख्दै, मानव अधिकार विरोधी भनेर राज्यलाई चिनाउने प्रवृत्ति गलत भएको टिप्पणी गरे। उनले सामाजिक अराजकताले राज्यलाई कमजोर बनाउने र मुलुकको विकासमा बाधा पुग्ने चिन्ता व्यक्त गरे।

उनले भनाइ गरे, “लोकतान्त्रिक राज्य मानव अधिकारको रक्षक हो, विरोधी होइन।” उनले वर्तमानको निराशा र भ्रम फैलाउने प्रवृत्तिले देश र जनताको हितमा काम नगर्ने उल्लेख गरे।

पोखरेलले आर्थिक विकासमा विदेश पलायनलाई ठूलो चुनौती भने र समृद्धिका लागि देशभित्रै काम गर्नुपर्ने जोड दिए।