Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

पूर्वराष्ट्रपति भण्डारीले त्यागिन् सरकारी सेवा–सुविधा

२०८२ असार १८ गते

बैंकिङ खबर/ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय गरेकी छन्। उनका स्वकीय सचिवालयद्वारा बुधबार गृह मन्त्रालयमा सेवा–सुविधा नलिने सम्बन्धी औपचारिक पत्र दर्ता गरिएको छ।

पूर्वराष्ट्रपतिको रूपमा सुरक्षासहित विभिन्न सेवा–सुविधा लिन सक्ने कानुनी व्यवस्था भए पनि भण्डारीले स्वेच्छाले त्याग गरेकी हुन्।

यो निर्णय उनले नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमनको घोषणा गरेको केही दिनपछि आएको हो। गत शनिबार ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा सहभागी हुँदै भण्डारीले ‘सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल’ निर्माण गर्ने जिम्मेवारी अझ अधुरो रहेको बताउँदै एमालेको राजनीतिमा फर्किएको सार्वजनिक रूपमा घोषणा गरेकी थिइन्।