Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नुपर्छः मन्त्री भण्डारी

२०८२ असार ५ गते

बैंकिङ खबर/ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री भण्डारीले देशभित्रै रोजगारी सृजना गर्न सबैले गम्भीरतापूर्वक कार्य गर्नुपर्ने बताए।

देशभित्र आन्तरिक रोजगारीको प्रचुर सम्भावनाहरू रहेको भन्दै उनले व्यवहारिक र प्रविधिमा आधारित ज्ञान सीपको प्रवर्द्धन गर्नुपर्ने धारणा राखे। मन्त्री भण्डारीले मुलुकभित्र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको उल्लेख गरे।