
बैंकिङ खबर/ सांसद पदम गिरीले प्रतिपक्षले भनेजस्तो कांग्रेस र एमालेलाई लक्षित गरेर बजेट ल्याएको यथार्थ नभएको तर्क गरेका छन् । सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमाथि छलफलका क्रममा यस्तो बताएका हुन् ।
सरकारले ल्याएको बजेट संयमित रहेको बताए पनि केहीले विपक्षमा तर्क गरेको उनको भनाइ छ । ‘जनतामा ठूलो निराशा व्याप्त रहेको बेला छ । विदेश पलायन भएका युवालाई नेपाल फर्कने अवस्था बनाउनु छ,’ उनले भने, ‘घाटामा भएका सार्वजनिक संस्थान वृद्धि गर्ने खालका महत्त्वपूर्ण विषय बजेटमा समावेश छ ।’
राजस्व वृद्धिमा महत्त्वाकांक्षी लक्ष्य रहेको तथा स्टार्टअप उद्यमबाट रोजगारी सिर्जना हुने र अर्थतन्त्र लयमा फर्काउने खालको बजेट आएको बताए ।



