२०८२ असार २ गते

युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरौंः सांसद रामहरि खतिवडा

 

बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्ने समेत उनले बताए ।

विदेशीमुद्रा ५ हजारसम्म सटही गर्न सक्ने व्यवस्था राम्रो भएको र भारतीय नागरिकलाई ५ हजार भारतीय रकम बोकेर आउनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।