२०८२ असार १ गते

‘अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख,चुनौती भने कायमै’

बैंकिङ खबर/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेपनि चुनौतीहरू कायमै रहेको बताएका छन् । आइतबार बसेको संसद्को बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले यसो भनेका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेतापनि नेपालको अर्थतन्त्रले संरचनागत चुनौती र विगतका कमजोरीका असरहरूबाट अझै मुक्त भइसकेको छैन । ती चुनौतीहरूलाई सम्बोधन गर्न बजेट मार्फत नीति तथा कार्यक्रमहरू घोषणा गरिएको छ ।’