Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको सदुपयोग गरौं र दुरुपयोग गर्दा हुने कानुनी सजायबाट बचौँः राष्ट्र बैंक

२०८२ जेष्ठ २७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले एक सन्देश जारी गर्दै कसैले पनि बैंक वा वित्तीय संस्थाबाट गलत, भुट्टा वा नरहे-नभएको वित्तीय विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी, धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी, भुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई कर्जा लिनु वा दिनु गैरकानुनी कार्य रहेको जनाएको छ ।

यदि कसैले यस्तो कार्य गरेमा त्यस्तो व्यक्तिलाई बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ बमोजिम बिगो भराई बिगोबमोजिम जरिवाना र चार वर्षसम्म कैद सजाय हुन सक्ने जनाएको छ ।