Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

सरकारका कामको समीक्षा गर्न आवश्यक छः गगन थापा

२०८२ जेष्ठ २३ गते

बैंकिङ खबर/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका कामको समीक्षा हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने बताएका हुन् ।

‘दुई प्रमुख दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्छ,’ उनले भने, ‘सरकार गठन भएयता त्यही विश्वासले हामीले काम गरिरहेका छौं । अब सकारका कामको समीक्षा पनि गर्नुपर्छ ।’