Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

विदेशमा लगानी गर्न पाउने बाटो खुला

२०८२ जेष्ठ १५ गते

बैंकिङ खबर/सरकारले वर्षौँपछि विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । हाल नेपालबाट विदेशमा पुँजी लैजान नपाउने व्यवस्था रहेकोमा यस्तो व्यवस्था खुला गर्न लागिएको हो ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । ब्याज अनुदानका लागि सरकारले ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री पौडेलका अनुसार अब निर्यातमुलक उद्योगलाई निर्यात गरेको रकमको २५ प्रतिशतसम्म रकम विदेशमा लगानी गगर्न पाउने व्यवस्था गरिनेछ।