
बैंकिङ खबर/सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् । एमालेकाे सचिवालय बैठकका लागि पुगेका उनले सञ्चारकर्मीहरूको जिज्ञासामा कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिन नपर्ने बताएका हुन् ।
उनले भने, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो र ?’ उनले अगाडि भने, ‘इमिग्रेसनमा जे खालको अनियमितता भो भन्ने कुरामा छानबिन भएको छ । छानबिन हुन दिनुस् ।’
विमानस्थल अध्यागमनमा भएको अनियमिततामा गृहमन्त्री रमेश लेखकको पनि संलग्नता देखिएको भन्दै उनको राजीनामा माग भइरहेको छ ।



