२०८२ जेष्ठ ९ गते

चामत्कारिक ढंगले नेपालको गरिबी घट्योः गगन थापा

बैंकिङ खबर/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चामत्कारिक ढंगबाट गरिबी घटेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँलहर आएको बताए । उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रूपमा भएको बताए । प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकांक्ष रहेको र त्यसको भोक जगाउन सफल भएको उनको भनाइ छ । ‘प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकंक्षा पनि जगायौं । २०८१ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएका परिवारको अवस्था एक तहमाथि उठेको छ । नेपाल संसारका ती थोरै देशहरूमध्ये पर्दछ । जसले गएको २०—२५ वर्षमा चामत्कारिक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ । अब त्यो परिवारका मान्छेले कसैले १०, कसैले ११, कसैले १२ पढेको छ । आम्दानी बढाउन अब स्वभाविक चाहन्छ,’ थापाले भने ।