Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

प्रतिकूल मौसमले विद्युत अवरोध भएको हो, लोडसेडिङ होइनः विद्युत प्राधिकरण

२०८२ बैशाख २ गते

बैंकिङ खबर/नेपाल विद्युत प्राधिकरणले देशमा लोडसेडिङ्ग नभएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भईरहेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि-मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अवरूद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको र अधिकांस ठाउँमा आपूति भइसकेको पनि उल्लेख गरेको छ।

कुनै ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेको पाइएमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन पनि अनुरोध गरेको छ।