Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

ऋण तिर्न नसकेका व्यक्तिलाई परिचालन गरेर पूर्व राजाले ज्यादती गरेः प्रधानमन्त्री

२०८१ चैत्र १८ गते

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीमा ल्याउने जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको दाबी गरेका छन् । उनले ऋण तिर्न नसकेको व्यक्तिलाई परिचालन गरेर पूर्व राजाले ज्यादती गरेको भन्दै कारबाही हुने जनाए ।