Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन

२०८१ फाल्गुन २८ गते

बैंकिङ खबर/ सरकारले (अनुचित लेनदेन) मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । फागुन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाबुराम रेग्मीको अध्यक्षतामा नयाँ जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराईलाई तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गर्दै जानकारी दिए । आयोगले सुझावसहित प्रतिवेदन पेस गर्नुपर्ने छ ।