Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

सुरक्षण मुद्रणसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

२०८१ असार १८ गते

बैंकिङ खबर/ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।