Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रतिनिधिसभा बैठकबाट पारित

२०८१ असार १६ गते

बैंकिङ खबर/प्रतिनिधिसभा बैठकले तीनवटा विधेयक पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले बजेटसँग सम्बन्धित तीनवटा विधेयक पारित गरेको हो ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ ।

यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ । बजेटसँग सम्बन्धित चारवटै विधेयक पारित भएसँग आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।