Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्टगोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

२०८० पुष ११ गते

बैंकिङ खबर/ नबिल बैंकले तुरुन्तै सुन धितो राखेर ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्टगोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखेको एक घन्टाभित्र पाउने गरि कम्पनीले यो ऋण योजना ल्याएको हो ।

यो ऋण योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने कम्पनीले बताएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै सुनको लागि निःशुल्क बीमाको व्यवस्था पनि गरिएका कम्पनीले बताएको छ।कम्पनीले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको योजना ल्याएको जानकारी दिएको छ । कम्पनीले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने पनि बताएको छ। जसमा उपत्यकाभित्रका ग्राहकहरुले कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ ।

उपत्यकाबाहिरका ग्राहकले भने धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्तचोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध हुने छ । कम्पनीले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।