Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ई-सेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते १ लाखको सपिङ भौचर

२०८० पुष ५ गते

बैंकिङ खबर/ भुक्तानी सेवा प्रदायक ई-सेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत प्रनिश अधिकारीले १ लाख रुपैयाँको सपिङ भौचर जितेका छन् । बैंक वा सहकारी खाता ई- सेवामा लिंक गरी कारोबार गरेका उनी फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन् ।

विजेता अधिकारीले ई- सेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जितेका हुन् । ई-सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै विजेता अधिकारीलाई उक्त सपिङ भौचर हस्तान्तरण गरेका छन्।

सो अवसरमा उनले आगामी दिनमा पनि यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । ई-सेवाले गत भदौ २० गतेदेखि कात्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो ।

अफरमा ई-सेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खातामार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए । हाल ई-सेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत् करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् ।