Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवामा छुट सम्झौता

२०८० पुष २ गते

बैंकिङ खबर/प्रभु क्यापिटलले भैरहवामा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ ।

सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । आइतबार गरिएको उक्त सम्झौता आगामी दुई वर्षका लागि लागू हुनेछ ।

सम्झौता अनुसार कम्पनीका डिम्याट ग्राहकले सिद्घार्थगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिंदा हस्पिटलले दिँदै आएको ओपीडी टिकेट्स, ल्याब इन्भेष्टिगेसन,एक्स- रे,यूएसजी/ ईसीजी, जेनरल बेड चार्ज, क्याविन आईसीयू/ एनआईसीयू/सीसीयू, अपरेसन चार्ज, सीटी स्क्यान,फिजियोथेरापी आदि सेवाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन् ।

ग्राहकले आफ्नो डिम्याट कन्फरमेसन तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्डमार्फत् उक्त अफरको लाभ लिन सक्नेछन् । कम्पनीले हितग्राही( डिम्याट) खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।