Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा क्यापिटलले पायो म्युचुअल फण्ड व्यवस्थापक तथा डिपोजीटरीको लाईसेन्स

२०८० पुष १ गते

बैंकिङ खबर/गरिमा क्यापिटलले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २२ गते सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएको हो।

उक्त कम्पनी नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ।

कम्पनीले निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवरद्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखि योजनाहरु क्रमश दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने योजना रहेको बताएको छ । उक्त कम्पनी गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो ।