Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु क्यापिटल र क्रिमसन हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

२०८० मंसिर २९ गते

बैंकिङ खबर/प्रभु क्यापिटल लिमिटेडले क्रिमसन हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकको लागि २ वर्षका लागि विशेष छुट समझौता गरेको छ । पुस १ गतेका दिन दुबै पक्षबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरुले तिलोत्तमा न.पा, मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिँदा हस्पिटलले दिँदै आएको सबै प्रकारको सेवामा १५% छूट पाउने भएका छन् । प्रभु क्यापिटलका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण (Demat Confirmation) तथा आफ्नो परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको छ ।

तिलोत्तमा न.पा, मणिग्राम ५, रुपन्देहीमा अवस्थित यो क्रिमसन हस्पिटल आधुनिक प्रविधियुक्त, विभिन्न सेवासुविधाहरू सहितको उत्कृष्ट मध्येको हस्पिटल हो, जसमा शीर्ष डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन् । हस्पिटलले २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिन जस्ता थप सुविधाहरू पनि उपलब्ध गराएको छ ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना product तथा लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक समझौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिँदै आइरहेको छ ।