Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकद्वारा भूकम्प पीडितलाई २१ लाखको राहत सामग्री सहयोग

२०८० कार्तिक २३ गते

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भूकम्प पीडितहरुका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री खरिद गरी सहयोग प्रदान गरेको छ।

बैंकले पीडितका लागि अत्यावश्यक खाद्यान्न दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई कात्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई कात्तिक २२ गते हस्तान्तरण गरेको जनाएको छ।

गत शुक्रबार (कात्तिक १७ गते) राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट र पश्चिम रुकममा ठूलो क्षति पुर्याएको छ। विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले सहयोग गरेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ।