Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर: फरार प्रतिवादी पक्राउ

२०८० कार्तिक २० गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/बैकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१८ घर भई हाल काठमाडौंको कलंकी बस्ने वर्ष ५१ को गणेशमान श्रेष्ठ रहेका छन्।

श्रेष्ठले अम्बर बहादुर राईको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुले २०७९ फागुन १६ गते सात दिन कैद र बिगो रू २० लाख रुपैयाँ जरीवाना तोकिएको थियो।

फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध कार्यालयबाट खटिएको टोलीले कात्तिक १८ गते चावहिलबाट पक्राउ गरेको हो। उनलाई कात्तिक १९ गते काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।