Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढ्यो

२०८० कार्तिक १७ गते

बैंकिङ खबर/चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै वाणिज्य बैंकहरुको नाफा घटेका बेला माछापुच्छ्रे बैंकको भने २० प्रतिशतले बढेको छ । सो बैंकले पहिलो त्रैमासमा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जवकि गत आर्थिक वर्षको सो अवधिमा ४५ करोड ११ लाख रुपैयाँ बराबर थियो ।

गत आर्थिक वर्षको नाफाबाट १३.३ प्रतिशत बोनस सेयर दिएको बैंकको चुक्ता पुँजी सो अनुपातमा बढेर ११ अर्ब ६२ करोड पुगेको छ । बैंकको मुख्य बिजनेस (कर्जा प्रवाह) ३ प्रतिशत बढेर १ खर्ब ३० अर्ब पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६६ पैसा छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १५. ५३ थियो ।

बैंकको इम्पेरिमेन्ट चार्जमा सुधार आएको छ, जसले गर्दा नाफामा पनि सुधार देखिएको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३ मा झरेको छ । सीडी रेसियोको अधिकतम सीमाभन्दा धेरै कम रहेकाले बैंकसँग पर्याप्त लगानीयोग्य रकम रहेको संकेत गर्दछ ।

बैंकको आधार दर १०.०१ प्रतिशत छ । स्प्रेड दर ३.९९ प्रतिशत कायम भएको छ ।