Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकका ४ संस्थापक सेयरधनी बाहिरिए

२०८० कार्तिक १३ गते

बैंकिङ खबर/हिमालयन बैंकबाट ४ जना संस्थापक सेयरधनी बाहिरिएका छन् । बैंकका संस्थापक सेयरधनी हिमालयन बिक्रम मल्ल ठकुरी, जोग लाल लामा, प्रेम ध्वज लामा र नारायण प्रसाद रिमालले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गरेका छन् ।

उनीहरुले बिक्री गरेको सेयर प्यूठान जिल्ला ऐरावती गाउँपालिका–६ का राम प्रसाद आचार्यले खरिद गरेको बैंकले जनाएको छ । आचार्यले ४ जनाले बिक्री गरेको ७ लाख २ हजार १६० कित्ता सेयर खरिद गरेका छन् ।

बैंकका संस्थापक सेयरधनी ठकुरीले २ लाख ४४ हजार ७४३ कित्ता, जोग लाल लामाले २ लाख १४ हजार ९७६ कित्ता, प्रेम ध्वजले १ लाख ७५ हजार ५६१ कित्ता र रिमालले ६६ हजार ८८० कित्ता सेयर बिक्री गरेका छन् । उनीहरुले बिक्री गरेको सेयर बैंकका अन्य संस्थापकले नकिनेपछि आचार्यले किनेको बैंकले जनाएको छ ।