Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्सको ५.७९ प्रतिशत नगद लाभांश पारित

२०८० आश्विन २६ गते

बैंकिङ खबर/ सिटिजन्स बैंकको प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज २६ गते सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका शेयरधनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबरको नगद लाभांश पाउने छन् ।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत गरेको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको सदस्यमा चार जनालाई निर्वाचित गरेको छ । सभाले प्रवलजङ्ग पाण्डे, सीता कार्की, सजन शर्मा र दिग्विजय विष्टलाई बैंकको सञ्चालकमा निर्वाचित गरेको हो । बैंकका अध्यक्ष राजनसिंह भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले थप प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई जानकारी गराए । साथै, आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्ध रहेको अध्यक्ष भण्डारीले बताए ।