Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ

२०८० आश्विन २३ गते

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दामा कैद जरिवाना तोकी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ घर भई हाल काठमाडौँको कीर्तिपुर–६ पाँगा बस्ने ३२ वर्षीय राजु थापा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गत असार ३ गते उच्च अदालत पाटनबाट थापालाई ५ लाख बिगो, ५ लाख जरिवाना, र क्षतिपूर्ति बापत २० हजार राहत कोषमा जम्मा गराई दुई दिन कैद हुन ठहर भएको थियो । त्यसपछि फरार रहेका उनलाई सोमबार काठमाडौँको बल्खुबाट पक्राउ गरिएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको रेग्मीले बताए ।