Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८० आश्विन १७ गते

बैंकिङ खबर/ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय गोकुल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाण्डु नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको छ ।