Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइएमई पेको ‘डिजीटल दशैंतिहार’ स्किम, सेवाग्राहीलाई उपहारै उपहार

२०८० आश्विन १४ गते

बैंकिङ खबर/ नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउँदै गरेको राष्ट्रिय चाँड दशैंतिहार तथा छठलार्ई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ।

असोज १४ गतेदेखि सुरु भई मंसिर ३ गतेसम्म चल्ने ५० दिनको उक्त अभियानअन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीले बिभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्। अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५०,००० बराबरको सपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

योसँगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताएका छन्।