Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ओम हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

२०८० आश्विन ९ गते

बैंकिङ खबर/ ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका सेवा सुविधामा माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुच्छ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा योनो नेपाल एसबीआई मोबाइल एप प्रयोगकर्ताले ओम हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ओम हस्पिटलले आकस्मिक उपचारदेखि सघन उपचार तथा पेन मेडिसिनलगायतका ३७ भन्दा बढी विषयमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आएको छ । माछापुच्छ्रे बैंकले देशभरका १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ इकाइ, ७ प्रादेशिक कार्यालय, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।