Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्र बैंक कर्मचारी संघले अन्तर बैंक फुटसल टुर्नामेन्ट आयोजना गर्ने

२०८० आश्विन २ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक कर्मचारी संघ वालुवाटार समितिको आयोजनामा अन्तरबैंक फुटसल दुर्नामेन्ट–२०८० हुने भएको छ। संविधान दिवस २०८० को अवसरमा आयोजित टुर्नामेन्ट असोज ३ देखि ६ गते सम्म सञ्चालन हुने नेपाल राष्ट्र बैंक कर्मचारी संघले जनाएको छ। काठमाडौंको धनयन्तरी फुटसल हव, हाडीगाँउमा आयोजना हुने टुर्नामेनटमा बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष टिम र २० महिला टिम सहभागी रहेका छन्।

‘सवल संस्थाको लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने टुर्नामेन्टको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ।
सह प्रायोजन क्रमशः माछापुच्छे बैंक लि., लक्ष्मी सनराईज बैंक लि., ग्लोबल आईएमई बैंक लि., एनआईसी एसिया बैंक लि., नबिल बैंक लि., प्रभु बैंक लि., हिमालयन बैंक लि., मुक्तिनाथ विकास बैंक लि. र आईसीएफसी फाईनान्स लि. ले गरेका छन्।

उक्त टुर्नामेन्टको लागि ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले मेडिकल सपोर्ट उपलब्ध गराउने भएको छ। टुर्नामेन्टको क्वार्टर फाईनल देखिका खेलहरु गोल नेपाल डट कम बाट प्रत्यक्ष प्रसारण गरिने छ।