Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

“सांग्रिला डेभलपमेन्ट बैंक लि. र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर ”

२०८० भाद्र २६ गते

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक महानुभाव तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८०।०५।२५ का दिन हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।