Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी सम्पन्न

२०८० भाद्र २५ गते

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले २०८० भाद« २२ गतेका दिन भैरहवा क्षेत्रको बुद्वचोक हुँदै देवकोटाचोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन: बुद्वचोकमा पुगेर सो प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । यस वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।