Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल क्लियरिङ्ग हाउसमा सञ्चालकको नवनियुक्ति

२०८० भाद्र १९ गते

बैंकिङ खबर/ काठमाडौं, नेपाल क्लियरिङ्ग हाउसको मिति २०८०-०५-१७ को संचालक समितिको बैंठकबाट फाइनान्स कम्पनीहरुका तर्फबाट आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई संचालक पदमा नियुक्त गरिएको छ ।

यसअघि संचालक रहनु भएका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त सञ्चालक पद रिक्त रहेको थिए । श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढीको अनुभव रहेको छ ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुमार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंककातर्फबाट एक जना, वाणिज्य बैंकतर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ । एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।