
बैंकिङ खबर/नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले प्राणालीमा लगानीयोग्य रकम (तरलता) राम्ररी सहज नभएको बताएका छन्। मंगलबार नेपाल बैकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केसीले बजारमा भनिएझैँ अधिक तरलता रहेको बताएका छन्। राष्ट्र बैंकले गरेको कर्जा असुलीसम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुको नाफामा ठूलो धक्का लाग्न सक्ने उनले बताए।
केसीले कर्जा असुलीबारे राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले बैंकको खराब कर्जा बढेर त्यसले नाफामा असर गर्ने बताए । उनले वित्तीय प्रणालीमा तरलता कायम गर्न स्थानीय तहको रकम गणना गर्न पाउनु पर्ने केसीले बताए।


