२०८० श्रावण ३० गते

अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च

बैंकिङ खबर/अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ । यसपटक फेडले २५ आधार अंक (० दशमलव २५ प्रतिशत विन्दु)ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुर्याएको छ । अमेरिकामा मूल्यवृद्धि आकाशिन थालेपछि २०२२ को सुरुवातदेखि नै फेडले ब्याजदर बढाउन थालेको हो । त्यसयता एघारौं पटकको ब्याजदर बढाएर फेडले ५ दशमलव ५ प्रतिशत पु¥याएको हो ।

फेडले सेप्टेम्बरमा थप ब्याजदर बढाउनक्ने संकेत गरेको बीबीसीले जनाएको छ । फेडले ब्याजदर बढाएसँगै यो २००१ यताकै उच्च पुगेको हो । मुद्रास्फीति नियन्त्रणमा नआएसम्म ब्याजदर बढ्नसक्ने फेडका अध्यक्ष जेरोमी पावेलले बताए । जुन महिनामा अमेरिकामा मुद्रास्फीति ३ प्रतिशत थियो । फेडरल रिजर्भले यसलाई २ प्रतिशतभन्दा तल राख्ने लक्ष्य राखेको छ । गत वर्ष अमेरिकामा मुल्य वृद्धिको दर ९ प्रतिशतभन्दा माथि पुगेको थियो । मुद्रास्फीति नघटेमा आगामी महिना अझै ब्याजदर बढ्नसक्ने र त्यसो गर्नुअघि अन्य तथ्यांकहरु हेर्नुपर्ने उनले बताए ।