Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकका सेवाग्राहीहरुलाई मुस्कान डेन्टल होममा २० प्रतिशत छुट

२०८० श्रावण ३० गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले आफ्ना सेवाग्राहीहरुका लागि दन्त उपचार सेवामा २० प्रतिशत छुट पाउने गरि मुस्कान डेन्टल होम धनगढीसँग सम्झौता गरेको छ । उक्त छुट दाँतको सम्पुर्ण उपचार सेवामा उपलब्ध हुने बैंकले जनाएको छ ।

छुट सुबिधा पाउनका लागि कुमारी बैंकमा खाता भएका वा नयाँ खाता खोलेर डेबिट क्रेडिट कार्ड तथा बैंकको मोबाईल स्मार्ट सुबिधा लिई सो मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । कुमारी बैंकले देशैभरी ३०४ शाखा, ३०७ एटिएम, ४९ वटा बिस्तारित काउन्टर तथा ६३ शाखारहित बैंकिङ सेवा केन्द्र मार्फत बैंकिङ सेवा दिईरहेको छ ।