Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एभरेष्ट बैंकद्वारा नेपालमै पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात

२०८० श्रावण २८ गते

बैंकिङ खबर/ एभरेष्ट बैंकले फोने पे नेपालसंगको सहकार्यमा नेपालमा पहिलो पटक “अफलाइन भुक्तानी” सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप बाट यो सेवा उपभोग गर्न सक्ने छन् ।

यस सेवा अन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । विशेष कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको समुदघाटन गरेका छन् । सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

सो समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ ऊर्जा थपेको र नेपाली बैंकिङ्ग भविष्यलाई समेत नयाँ आकार दिएको बताए । साथै फाने पे का प्रमुख कार्यकारी अधिकृतसापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरुलाई पार गरी आधुनिक बैंकिङ्गमा नयाँ आयाम थपिने बताए ।

हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुनेछ । यस सेवालाई ग्राहकहरुले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई व्यापारीको स्मार्टफोनमा “टयाप” गरी सजिलै भुक्तानी प्रक्रिया पुरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरुले आफु संग भएको “फोन पे बिजनेस एप” बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।