Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाका विशेष छुट पाउने

२०८० श्रावण २८ गते

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकका ग्राहकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । महालक्ष्मी विकास बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले विभिन्न संस्थाहरुबाट विभिन्न सेवामा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकहरुले विरगंज, पर्सामा रहेको मंगलम डाइग्नोस्टीक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, सिमरा बारामा अवस्थित होटल क्विक–२० एण्ड रिभर साइडका सेवामा अधिकतम १० प्रतिशत, हेटौडा मकवानपुरमा रहेको रिगल हेटौडा रेष्ट्रोका सेवामा अधिकतम १५ प्रतिशत, धनगढी कैलालीमा रहेको निसर्ग अस्पतालका सेवाहरुमा अधिकतम २० प्रतिशत, हेटौडामा रहेको विशुद्ध ममचाका सेवामा १० प्रतिशत र भरतपुर चितवनमा रहेको कबिलास रेष्ट्रो एण्ड फनपार्कका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।