Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

निफ्राको ४२.७१ % ले बढ्यो नाफा

२०८० श्रावण ७ गते

बैंकिङ खबर/ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन मुनाफा ४५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.६८ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी प्रतिशेयर आम्दानी २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ ।