Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकले गर्‍यो दराजसँग सहकार्य

२०८० श्रावण ४ गते

बैंकिङ खबर/सानिमा बैंकले ‘दराज महाबचत अभियान’अन्तर्गत दराजसँग सहकार्य गरेको छ। महाबचत अभियान अन्तर्गत दराजले ग्राहकलाई छुट प्रदान गर्नेछ। क्याम्पेन अवधिमा ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड मार्फत प्रिपेमेन्ट गर्दा दराज प्लेटफर्ममा विभिन्न छुटहरू प्राप्त गर्नेछन्।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउनेछ। दराज एपमा भौचर सङ्कलन गरेर छुट प्राप्त हुनेछ। अभियानअन्तर्गतको छुट पाउन डेबिट, क्रेडिट कार्ड प्रयोगकर्ताले आफ्नो खरिदलाई समान मासिक किस्तामा रूपान्तरण गर्न सक्छन्। ग्राहकले छुट प्राप्त गर्न डिजिटल भुक्तानी गर्नुपर्नेछ। अभियान यही साउन २० देखि चल्ने बैंकले जनाएको छ।