Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

२०८० असार २५ गते

बैंकिङ खबर/गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ। कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा महेशप्रसाद काफ्ले र नगिमा श्रेष्ठ नियुक्त भएका हुन्।

बैठकले कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत गरेको छ। यसैगरी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकका रुपमा नियुक्त भएका छन्।