Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको साना तथा मझौला उद्यमी योजनाः ११.११ प्रतिशतमै पाइन्छ कर्जा

२०८० असार २४ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ । यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बैंकको विश्वास रहेको छ ।

अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा बिनाझञ्झट सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीहरुलाई प्रोत्साहन गर्नका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत पुग्ने बैंकको दाबी छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए.टि.एम. तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईसहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।