
बैंकिङ खबर/एनआइसी एसिया बैंकको राजविराज शाखामा नक्कली धितो राखेर पौने ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोपमा जना पक्राउ परेका छन् ।
पुर्जी जारी भएको दुई महिनापछि प्रहरीले आरोपितमध्येका एकजनालाई पक्राउ गर्न सफल भएको हो। पक्राउ पर्नेमा मो. सदाम छन्। उनलाई राजविराजको एक पसलबाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दायर भएको सरकारी कागजात किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट गत वैशाखको दोस्रो साता बैंकर्ससहित ९ जनाविरुद्ध जारी भएको थियो।
बैंकका प्रबन्धक सन्तोषकुमार यादव, आसमा खातुन, बसिरन खातुन, व्यवसायी मो. समसाद, तत्कालीन सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दीपेन्द्र यादव, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर दीपक शर्मा र व्यवसायी शंकर यादव फरार छन्।




