Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हेटौँडामा नेपाल बैंकको एटीएम तोडफोड

२०८० असार १८ गते

बैंकिङ खबर/ हेटौँडामा नेपाल बैंक लिमिटेडको एटीएम तोडफोड भएको छ। हेटौँडाको सानोपोखरा शाखामा रहेको एटीएम आइतबारराति तोडफोड भएको हो ।

एटीएमसँगै रहेको पुडासैनी हार्डवेयरमा पनि तोडफोड भएको पाइएको मकवानपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमले एटीएम र हार्डवेयरमा तोडफोड भएको जानकारी दिए। उनले एटीएम र हार्डवेयर पसल तोडफोड भएको जानकारी पाउनासाथ प्रहरीले अनुसन्धान सुरु गरेको बताए।